रविवार, 28 मार्च 2010
केबुल चोरी
भैरहवा टेलिकमबाट बजारका बिभिन्न स्थानमा टाङ्गिएका केबुलहरू विगत केहि महिनादेखि लगातार चोरी भइरहेको छ । एक ठाँउमा बनाउन भ्याएको छैन अर्को ठाँउमा चोरी भइसकेको जानकारी आइसक्छ । पडसरी बसन्तपुर मेउडीहवा एयरपोर्ट गल्लामण्डी जस्ता बजारभित्रै कम जनघनत्व भएको स्थानमा धेरैजस्तो चोरी भएको पाइएको छ । कार्यालय मै पनि पावर केबुल चोरी गर्ने प्रयास भएको छ । यसरी चोरी भइ महिनो सम्म टेलिफोन समेत अवरूध्द हुने गर्दछ । एक पटक चोरी भएकोमा मर्मत गर्न सामान्यतया एक हप्ता लाग्ने गर्दछ । चोरी खास गरिकन बिदा हुने दिनहरूमा हुने गरेको छ । शनिवार बिदा हुने केबुल शुक्रवार या शनिवारको राती चोरी हुने गर्दछ । कार्यालयले चोरीको जानकारी पुलिस प्रशासन तथा तालुक कार्यालयमा दिने बाहेक अरू केहि गर्न सकेको छैन । उपभोक्ताहरू यसबाट पिडित छन भने कार्यालयको राजस्वमा समेत नोक्सानी पुगेको छ । यसलाई रोक्न कार्यलय उपभोक्ता पुलिस प्रशासन उत्सुक नदेखिएको पाइएको छ ।
मंगलवार, 22 दिसंबर 2009
सदस्यता लें
संदेश (Atom)





